काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कर्णालीको इनिङसमा शिखर धवनले ५१ बलमा अविजित ७२ रनको योगदान गरे । चाडविक वाल्टनले १५ बलमा २१ रन बनाए ।
काठमान्डु गुर्खाजका लागि जेरार्ड इरास्मसले दुई विकेट लिए भने करण केसी, दीपेश कँडेल र नेथन स्वटरले समान एक विकेट लिए ।