न्युक्यासलमाथि वेस्टह्यामको २-० गोलको जित

मंसिर ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्युक्यासलमाथि वेस्टह्यामको २-० गोलको जित

काठमाडौं । टोमस सुसेक र आरोन वान-बिसाकाले गोल गरेपछि वेस्टह्यामले इंग्लिस प्रमियर लिगमा न्युक्यासलविरुद्ध सहज जित हात पारेको छ ।

सेन्ट जेम्स पार्कमा ५२ हजार दर्शकमाझ वेस्टह्यामले न्युक्यासललाई २-० ले पराजित गरेको हो । यस जितले दबाबमा रहेका वेस्टह्यामका प्रशिक्षक जुलेन लोपेटेगुइलाई केही राहत मिलेको छ । स्पेनिस प्रशिक्षक लोपेटेगुइ यसै समरमा डेभिड मोयेसलाई प्रतिस्थापन गर्दै वेस्टह्याममा आवद्ध भएका थिए ।

तर यसअघि ११ खेलमा मात्र ३ जितले उनलाई दबाबमा पारेको थियो । टोमस सुसेकले खेलको १०औं मिनेटमा डेडलक तोड्दै भ्रमण टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको वेस्टह्यामका लागि ५३औैं मिनेटमा आरोन वान-बिसाकाले दोस्रो गोल थपे ।

जितसँगै १२ खेलमा ४ जित र ३ हारसहित वेस्टह्यामले १५ अंक जोडेको छ । ऊ लिगको १४औं स्थानमा छ । समान खेलमा ५ जित हात पारेको न्युक्यासल १८ अंकसहित १०औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.