धनकुटामा किराँत राई समुदायले मनाउने पावानी चाड आज समापन हुँदै

मंसिर ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा किराँत राई समुदायले मनाउने पावानी चाड आज समापन हुँदै

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकामा पर्ने खोकु, छिन्ताङ्ग र आँखीसल्लाका किराँत राई समुदायले आफ्ना इष्टदेवको आराधना गरेर धुमधामका साथ पावानी चाड मनाएका छन् ।

कार्तिक पूणिर्माको पहिलो मंगलबार साकेन्वा थानमा पूजा गरेपछि सुरु भएको खाल्साली किराँत राई समुदायको पावानी चाड आजबाट समापन हुँदैछ । 

आफ्ना पूर्खा बुढाहाङले शत्रुमाथि विजयप्राप्त गरी आफूहरुलाई स्वतन्त्र गरेको खुसीयालीमा हरेक बर्ष उत्सवको रुपमा पावानी मनाउने गरिन्छ ।

पावानीका अबसरमा खाल्लासी राई समुदायले आफ्ना दरसन्तान र आफन्तमा सुखशान्तिको कामना गर्दै समुहमा भेला भइ ढोल झ्याम्टा बजाउँदै ६ दिन ६ रातसम्म पावानी नाच्ने परम्परा यो समुदायमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.