यूएफा नेसन्स लिगमा इटालीमाथि फ्रान्सको जित

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 यूएफा नेसन्स लिगमा इटालीमाथि फ्रान्सको जित

काठमाडौं । यूएफा नेसन्स लिगमा फ्रान्सले इटालीमाथि ३-१ गोलको जित हात पारेको छ । यो नतिजापछि फ्रान्स, इटालीलाई उछिन्दै ग्रुप ए-टू को विजेता बनेको छ ।

इटाली १-० गोलले मात्र पराजित भएको भए पनि समूह विजेता बन्ने थियो । तर घरेलु मैदान सान सिरोमा गएराति भएको खेलमा इटालीले फ्रान्सको उत्कृष्ट प्रदर्शनलाई रोक्न सकेन ।

यद्यपि यो खेलअघिनै दुवै टिम नक आउट खेल्नेबारे भने जानकार थिए । खेल सुरु भएको दोस्रो मिनेटमै एड्रियन राबियोटले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

उनले लुकस डिनको कर्नरमा गोल गरेका हुन् । राबियोट र डिन दुवैको राष्ट्रिय टिमबाट यो ५० औं क्याप हो । १-० ले पछि परेको इटालीले ३३औं मिनेटमा अर्को गल्ति गर्यो । फ्रान्सका डिनको फ्रि किक क्रसबार हुँदै इटालियन गोलकिपर गुलेल्मो भिकारियालाई लाग्दै गोल हुन पुग्यो । ३५औं मिनेटमा आन्द्रेया काम्पियाजोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६५औं मिनेटमा रोबियोटले पुन: हेडर गोल गरे र फ्रान्सले ६ खेलमा १३ अंक जोड्दै शीर्ष स्थान कब्जा गर्‍यो ।

राबियोटले पहिलो पटक राष्ट्रिय टिमका लागि एकै खेलमा दुई गोल गरेका हुन् । सन १९८३ मा स्विडेनसँग ३-० गोलले पराजित भएयता घरेलु मैदानमा इटालीको यो पहिलो फराकिलो हार हो ।

यसै समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० गोलले स्तब्ध पार्‍यो । हंगेरीको बुडापेस्टमा भएको खेलमा इजरायलका लागि ८६औं मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका यार्देन सुवाले निर्णायक गोल गरे । नेसन्स लिगमा पहिलो जित हात पारेको इजरायल रेलिगेशनबाट भने जेागिन सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.