काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्टसले पाकिस्तानका सोएब मक्सुदलाई अनुबन्धन गरेको छ । मक्सुद, जनकपुरले ल्याएको पाँचौ विदेशी खेलाडी हुन् ।
जनकपुरले आज आफ्नो सामाजिक संजालमार्फत मक्सुदलाई भित्राएको घोषणा गरेको हो । ३७ वर्षीय मक्सुदले २९ ओडिआई खेल्दै ७ सय ८१ रन जोडेका छन् । यस्तै २६ टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका उनले २ सय ७३ रन बनाएका छन् ।
उनले पाकिस्तानबाट पछिल्लो पटक सन् २०२१ मा वेस्ट इन्डिजविरुद्ध टी-ट्वान्टी आई खेलेका थिए । जनकपुरले यसअघि न्युजील्यान्डका जिम्मी निसम, श्रीलङकाका लाहिरु मिलान्था, पाकिस्तानकै मोहम्मद माहेसिन र अमेरिकाका जोसुवा ट्रम्पलाई अनुबन्धन गरेको थियो ।
आसिफ शेख मार्की रहेको जनकपुरमा पुबुदु दशानायके मुख्य प्रशिक्षक छन् ।