काठमाडौं । सिजनको अन्तिम प्रतियोगिता डब्लुटिए फाइनल्सको उपाधि अमेरिकाकी कोको गौफाले जितेकी छिन् ।
साउदी अरेबियाको रियादमा भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा गौफले, चीनकी झेङ किनवेनलाई तीन सेटमा पराजित गरेकी हुन् ।
गौफ ओलम्पिक च्याम्पियनविरुद्ध एक सेटले पछि परेको स्थितीबाट खेलमा फर्किएकी थिइन् । उनले पहिलो सेट ३-६ ले गुमाइन् । तर बाँकी दुई सेटमा २० वर्षीय गौफले शानदार पुनरागमन गरिन् ।
उनले दोस्रो सेट ६-४ ले जितेपछि खेल रोमान्चक बनेको थियो । तेस्रो सेट टाइब्रेकरमा पुग्यो । तर गौफले ७-६ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक डब्लुटिए उपाधी उचालिन् ।
यी दुईबीचको फाइनल तीन घन्टा चार मिनेट चलेको थियो । डब्लुटिए फाइनल्सको यो अहिले सम्मको लामो खेल हो । गौफ सन २००४ मा मारिया सारापोभा पछि यो उपाधी जित्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । अमेरिकाका लागि सेरेना विलियम्सले दश वर्ष अघि डब्लुटिए उपाधि दिलाएकी थिइन् ।