काठमाडौं । इङलिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले पराजित गरेको छ । यो जितपछि शीर्ष स्थानको लिभरपुलले तालिकामा स्पष्ट पाँच अंकको अग्रता बनाएको छ ।
एनफिल्डमा लिभरपुलले खेल सुरु भएको २०औँ मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि डाविन नुनियाजले गोल गरेका गरे । नुनियाजलाई मोहम्मद सालाहले सहयोग गरेका थिए ।
८४औँ मिनेटमा सालाह आफैँले गोल गरेपछि लिभरपुलले तीन अंक हासिल गरेको हो । यो जितपछि लिभरपुल ११ खेलबाट २८ अंक जोड्दै इन्टरनेसनल ब्रेकमा जानेछ ।
प्रिमियर लिगमा पछिल्ला ११ खेलमा लिभरपुलको यो नवौं जित हो । योगर्न क्लोपलाई प्रतिस्थापन गरेका आर्ने स्लटको नेतृत्वमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
सबै प्रतिस्पर्धामा गरी उनले १७ मध्ये १५ खेलमा जित हात पारेका छन् । एस्टन भिल्लाको भने यो प्रिमियर लिगमा यो तेस्रो हार हो । ११ खेलबाट १८ अंक जोडेको भिल्ला तालिकाको आठौं स्थानमा छ ।