अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको ‘क्लिन स्विप’

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । अमेरिकाविरुद्ध टी-ट्वेन्टी शृंखलामा नेपालले लगातार तेस्रो जित निकालेको छ । यस जितसँगै नेपालले यस शृंखला क्लिन स्विप गरेको छ । 

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको जित हात पारेको हो । नेपालले अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य २ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ५० रनको योगदान दिए । साथै कुशल भुर्तेल र कुशल मल्ल अविजित रहँदै शानदार प्रदर्शन गरे । भुर्तेलले ४० रन बनाए भने मल्लले ४४ रन बनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.