काभ्रेमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै ५ जना वेपत्ता

आश्विन १८, २०८१ |पुजन धिताल
काभ्रेमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै ५ जना वेपत्ता
काभ्रे । काभ्रेमा अविरल बर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज सम्मको तथ्यांकअनुसार अझै वेपत्ता हुनेको संख्या पाँच रहेको छ ।

जसअनुसार तेमाल गाउँपालिका २, धुलिखेल नगरपालिकामा १, नमोबुद्धमा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना गरि वेपत्ता छन् । सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाका साथै वेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ ।

काभ्रेमा घाइते भएकामध्ये ५७ जना उपचारपछि घर फर्केका छन् भने २१ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपि बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

वेपत्ताको खोजी कार्य सँगै स्थानीय तहले सहयोग संकलन अभियान सुरु गरेका छन् । जिल्लाको सबैभन्दा बढी क्षति भएको पनौती , बेथान्चोक, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सहयोग संकलनका लागि अपील समेत गरेका छन् भने क्षतिको प्रारम्भिक विवरण समेत उपलब्ध गराउँदै गएका छन् ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।