एन्फा महिला लिगमा वालिङमाथि पुलिसको संघर्षपूर्ण जित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा वालिङमाथि पुलिसको संघर्षपूर्ण जित

काठमाडौं । एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकाविरुद्ध दुई-शून्य गोलको संघर्षपूर्ण जित दर्ता गर्यो ।

त्रिपुरेश्वर स्थित दशरथ रङगशालमा पुलिसलाई जित दिलाउन सम्झना लावतिले दुवै गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै सिसी नान्तोन्गोको पासमा सुस्मा तामाङले २५ यार्ड बक्स भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

रिबाउन्डमा भिओला नामुदुको हेडर पहिलो बारको नजिकैबाट बाहिरिनु वालिङको लागि दुर्भाग्य सावित भयो। पहिलो हाफभरी उत्कृष्ट डिफेन्स गरेको वालिङका लागि सुक्रिया मिया, सुस्मा तामाङ र ज्याकलिन नसालीले गोलको अवसर सिर्जना गरे तर सफल भएनन् ।

१२ औं मिनेटमा पुलिसकी निरु थापाले पोस्टको बायाँ तर्फबाट गरेको प्रहार नजिकैबाट बाहिरिएपछि पहिलो हाफ गोलरहित भएको हो । ६७ औं मिनेटमा सम्झनाले गोल गरिन् । निरुकै क्रसमा वालिङकी माया मास्केको मार्कमा रहेकी सम्झनाले अग्रता दिलाएकी हुन् ।

इन्जुरी समयमा वालिङले डिफेन्समा गल्ती गर्दा दोस्रो गोल बेहोर्न पुग्यो। वालिङमा तीन जना डिफन्डरले बाहिर जान छोडिदिएको बललाई नियन्त्रणमा लिएर सम्झनाले गोल गरेकी थिइन् । आजको जितसँगै पुलिस सात खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ । शीर्ष पाँचको लागि प्रतिस्पर्धा गरिरहेको वालिङ समान सात खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । पुलिसले दोस्रो हाफमा दुई गोल गरेर लिगमा चौथो जित दर्ता गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement