साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित

काठमाडौं । साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले हार बेहोरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग एक–शून्य गोलले स्तब्ध भएको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेलको पहिलो हाफ नेपालले गोलरहित बराबरी खेलेको थियो । तर नेपाल अन्तिम नौ मिनेट जोगिन सकेन । पाकिस्तानका लागि मोहम्मद ताल्हा सुपर सब सावित भए । उनी ७० औं मिनेटमा अब्दुल घानीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८१ औं मिनेटमा ताल्हाले, अब्दुल सामदको कर्नरमा हेडर गोल गर्दै डेडलक तोडेका थिए । यही गोल पाकिस्तानलाई पहिलो खेलमा तीन अंक जोड्न निर्णायक बन्यो । समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा घरेलु टोली भुटान पनि छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement