काठमाडौं । सन् २००३ पछि पहिलो पटक क्रिष्टियानो रोनाल्डो र लियोनेल मेस्सीबिना पुरुष "बालोन दो" अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
यस अघि विगत दुई दशकसम्म यी दुईमध्ये एक खेलाडी बालोन दो अवार्डको मनोनयनमा सामेल हुने गर्थे । पाँच पटकका बालोन दो विजेता पोर्चुगलका स्टार फरवार्ड रोनाल्डो गत वर्ष पनि मनोनयनमा पर्न सकेका थिएनन् । त्यस्तै मेस्सीले २०२३ मा कीर्तिमानी आठौं पटक यो उपाधि जितेका थिए ।
यसपटकको मनोनयनमा युरो कप २०२४का विजेता स्पेनका १७ वर्षीय बार्सिलोनाका विङ्गर लामिन यामलसहित छ जना खेलाडी मनोनयनमा परेका छन् । यसमा निको विलियम्स, अलेजान्ड्रो ग्रिमाल्डो, ड्यानी ओल्मो, रोड्रि र रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका दानी कारभाजल सामेल छन् ।
एर्लिंङ हालान्डसहित इंग्लिस क्लब म्यान्चेस्टर सिटीकमा ४ खेलायीले अन्तिम ३० को मनोनयनमा अटाएका छन् । हालै पेरिस सेन्ट जर्मेनबाट रियालमा अनुबन्धित भएका केलियन एमबाप्पे, स्पेनिस र ब्राजिलका भिनिसियस जुनियरसहित रियालका कुल सात खेलाडी मनोनयनमा परेका छन् । युरो २०२४ मा स्पेनको उपविजेता इङ्ल्यान्डबाट जुड बेलिङ्घम र अन्य पाँच खेलाडी मनोनयनमा परेका छन् । २०२४ बालोन दो अवार्ड अक्टोबर २८ मा पेरिसमा हुने छ ।