काठमाडौं । स्वीडेनका आर्मान्ड डुप्लान्टिसले पुरुष पोल भल्टमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । डुप्लान्टिसले पुरुष पोल भल्टमा स्वर्ण पदक जित्ने क्रममा आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोडेका हुन् ।
उनले ६ दशमलव दुई-पाँच मिटर जम्प गर्दै विश्व कीर्तिमान स्थापित गरेका हुन् । टोकियो ओलम्पिक २०२० मा समेत स्वर्ण जितेका २४ वर्षीय डुप्लान्टिसले पहिलो प्रयासमै ६ मिटर दूरी तय गर्दै स्वर्ण जितिसेका थिए । अर्को प्रयासमा ६ दशमलव एक-शून्य मिटरसहित ओलम्पिक कीर्तिमान बनाएका डुप्लान्टिसले तेस्रो तथा अन्तिम प्रयासमा ६ दशमलव दुई-पाँच मिटर जम्प गर्दै विश्व कीर्तिमान बनाउन सफल भए ।
उनले यसै अप्रिलमा बनाएको ६ दशमलव दुई-चार मिटरको आफ्नै कीर्तिमान तोडेका हुन् । दुई पटकका विश्व च्याम्पियन डुप्लान्टिसले यहि कीर्तिमान नौ पटक तोडेका छन् । डुप्लान्टिस १९५२ र १९५६ मा अमेरिकी खेलाडी बब रिचर्ड्स पछि पोल भल्ट उपाधि रक्षा गर्ने पहिलो एथलेट समेत बनेका छन् ।
अमेरिकाका साम केन्ड्रिक्सले ५ दशमलव नौ-पाँच मिटरको दुरी पार गर्दै रजत जिते । ग्रीसका इमानुइल करालिसले ५ दशमलव नौ-शून्य मिटर दुरीसहित कांस्य पदक हात पारे ।