ओलम्पिक उद्घाटनका लागि विश्वभरका नेता र राजपरिवारका सदस्यहरू पेरिस पुग्ने क्रम जारी

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिक उद्घाटनका लागि विश्वभरका नेता र राजपरिवारका सदस्यहरू पेरिस पुग्ने क्रम जारी

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को उद्घाटनका लागि विश्वभरका नेता र राजपरिवारका सदस्यहरू पेरिस पुग्ने क्रम जारी छ ।

गए राति ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस वाखले पेरिसको लुभ्र म्युजियममा विश्वभरका नेता र राजपरिवारलाई स्वागत गरे ।

उनले फ्रन्सका राष्ट्रपति इमानुएल म्याक्रोन, नेदरल्यान्डका राजा विलेम-अलेक्जेन्डर, मोनाकोका राजकुमार अल्बर्ट र राजकुमारी चार्लेन, पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडा र चिनियाा उपराष्ट्रपति हान झेङलाई स्वागत गरेका हुन् । 

आईओसीले उनीहरुलाई रातो कार्पेटमा स्वागत गरेको हो । आज हुने ओलम्पिक खेलकुदको उद्घाटन समारोहअघि आइओसीले विश्वभरका नेता र राजपरिवारका लागि रात्रिभोज समेत आयोजना गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.