जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम होइन : केपी ओली

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थपूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो ।

उहाँले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताउनुभयो । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको दाबी गर्नुभयो । उहाँले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताउनुभयो । उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको धारणा राख्नुभयो ।

‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन ।’

फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमै परिणत गर्नुपर्ने र करिब ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.