
डालस । नेपाल र अमेरिकाबीचको आईसीसी टी-ट्वान्टी विश्वकपको आधिकारिक वार्मअप खेल वर्षाका कारण रद्द भएको छ ।
डालासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार बिहीबार राति सवा नौ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएपछि पुनः सुरु हुन सकेन । खेलका लागि टस भएपनी खेल भने हुन सकेन । अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेका थिए ।
नेपाल पहिलो वार्मअप खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्न नपाएको नेपालले जेठ २२ गते नेदरल्यान्डससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले जेठ ३० गते श्रीलंका, असार १ गते दक्षिण अफ्रिका र असार ३ गते बंगलादेशसँग खेल्ने तालिका छ ।