काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको विश्वकप २०२३ टिम अफ दी टुर्नामेन्टमा भारतका ६ खेलाडी समावेश भएका छन् । च्याम्पियन अस्ट्रेलियाका दुई खेलाडी पर्दा कप्तान प्याट कमिन्स भने अटाएनन् ।
आइसीसीले सात सातासम्म चलेको विश्वकपमा गरेको प्रदर्शनका आधारमा आज सार्वजनिक गरेको प्लेइङ इलाभेनको कप्तान भारतका रोहित शर्मालाई बनाएको छ । रोहितको टिम फाइनलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । उनले प्रतियोगितामा ५९७ रन प्रहार गरे ।
भारतका अन्य खेलाडीमा प्लेयर अफ दी सिरिज विराट कोहली, केएल राहुल, रवीन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद सामीले स्थान बनाएका छन् ।
सेमिफाइनलिस्ट दक्षिण अफ्रिकाबाट दुई खेलाडी मात्र परेका छन् । चार शतक बनाएका विकेट किपर क्विन्टन डी ककलाई आईसीसीले छनोट गरेको हो । श्रीलंकाबाट दिल्सान मदुसान्का, न्युजिल्यान्डबाट ड्यारेल मिचेल रहेका छन् ।
छैटौंपटक उपाधि जितेको अस्ट्रेलियाबाट भने ग्लेन म्याक्सवेल र एडम जाम्पा मात्र परेका छन् । अस्ट्रेलियाका कप्तान कमिन्सले स्थान बनाउन सकेनन् । दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जी १२औं खेलाडीका रुपमा छन् ।