दैलेखमा देउसी भैलोसँगै भोसी, धमारी, चुट्की र मांगल गाउने परम्परा

कार्तिक १७, २०८१ |चक्र भण्डारी
दैलेखमा देउसी भैलोसँगै भोसी, धमारी, चुट्की र मांगल गाउने परम्परा

दैलेख । मौलिक देउसी र भैलो हराउँदै गइरहेको बेला दैलेखका विभिन्न स्थानमा देउसी भैलोसँगै भोसी धमारी चुट्की र मांगल गाउने परम्परा चलिरहेको छ । आधुनिकता र नयाँ पुस्ताले समेत आत्मसाथ गर्दै यो परम्परा दैलेखको महत्वपूर्ण सांस्कृतिक परम्परा पनि हो । 

लक्ष्मीपूजाको साँझको झिसमिसेसँगै दैलेखका विभिन्न स्थानमा युवादेखी वृद्धहरुको यसरी रातधरी जमघट हुन्छ । भोसी, धमारी ,चुड्की सिंग्लीडाली, मांगल खेल्न थाल्दछन् । रातमा राजा वलीले आधा शरिर देखायर पृथ्वीमा आउने र उनीसँगै आउँदा राक्षस आउने भएकाले राक्षसहरु आउन नदिनलाई रातभरी कोठी बालेर भासी जा भासी जा भन्ने खेलको परम्परा रहेको पाईन्छ । बिहान घाम नलाग्दै कोठी अर्थात आगोलाई लगेर सेलाईन्छ । रातभर भोसी खेल्न भुआरा जम्मा भएर भोसीका लागि बनाइने कोठी राख्न हप्ता दिन अघिदेखी नै दियालोको झोरोको जोहो घरघरबाट गरिएको हुन्छ । धार्मिक र सांस्कृतिक मान्यता बोकेको विभिन्न खेलहरु सामाजिक सद्धभावको बन्धनलाई कसिलो बनाउन भाइटीकाको दिनसम्म खेल्ने गरिन्छ ।

भोसी खेल पुरुषहरुले मात्र रातभरी खेल्ने गर्छन् । यसलाई बिसाएपछि धमारी खेल हेर्न गाउँका महिलासमेत सहभागी हुन्छन । सुख दु:खका हाँसो खुसी जीवनका सबै उतारचढावका भावहरु सास्कृतिक खेलबाट प्रस्तुत गरिन्छ । यो पर्व दशै र तिहारमा आफन्त मान्यजनको आशिर्वाद लिन घरदेखि टाढा रहेका सबै इस्टमित्र गाउँघरमा आएकै समयमा विभिन्न साँस्कृतिक परम्परा बचाईराख्नका लागि युवा पुस्तालाई समेत सामेल गरी सिकाउने गरिएको छ ।

वर्षौदेखि सांस्कृतिक परम्परा जोगाउन दैलेखका स्थानीय संगठित हुने गरेका छन् । यस्ता सांस्कृतिक परम्परालाई बचाइराख्न यहाँ भइरहेको प्रयास अरु स्थानहरुमा पनि अनुसरण गर्न आवश्यक छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement