
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ ।
पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरूसँग कुरा गर्दै उहाँले गैरसंवैधानिक र गैरकानुनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताउनुभएको हो । उहाँले एमालेले कानुनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँले सरकारलाई जनमतको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिइ झन् द्वन्द्व बढाउने उहाँको भनाइ छ ।
उहाँले जेन–जी आन्दोनलको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटिपूर्ण रहेको बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष र न्यायिक छानबिन गर्नको लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो ।
न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने उहाँको भनाइ छ । कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्रै नभइ पूरा देशले नै अस्वीकार गरेको उहाँको भनाइ छ ।