
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको राजीनामा अस्विकार गर्ने बताउनुभएको छ । भोलि चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने शर्माले बताउनुभएको हो ।
थापाले नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक भए पनि यतिबेलाको प्रधान दायित्व स्थिति सम्हाल्नु रहेको शर्माको भनाइ छ । उहाँले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत नहुने बताउनुभएको छ ।
यस्तो छ शर्माको भनाइ :