कांग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ : गगन थापा

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री हुनुभएका देउवा र मन्त्री भइसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताउनुभएको हो । सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गर्नुभयो । 

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिनुभयो । सभापति थापाले कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिम ढंगले छलफल गरेको दाबी समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.