
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरू कांग्रेस-एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्नुभएको छ ।
शुक्रवार नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गर्नुभएको हो । अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रूपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उहाँको जिकिर छ ।
उहाँले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गर्नुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गर्नुभयो ।
उहाँले नेकपाले निर्वाचनमा कुनै पनि दलहरूसँग तालमेल नगर्ने पनि स्पष्ट पार्नुभयो ।