एमालेले टुंग्यायो १४० जना उम्मेद्वारको नाम, बाँकी स्थानमा अध्यक्षले निर्णय गर्ने

११औं महाधिवशेनमा इश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गर्नेले भने टिकट पाएनन्
माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेले टुंग्यायो १४० जना उम्मेद्वारको नाम, बाँकी स्थानमा अध्यक्षले निर्णय गर्ने

काठमाडौं । केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुंगो लगाएको छ । एक सय ४० जना उम्मेद्वारको नाम तय हुँदा ११औं महाधिवशेनमा इश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गर्नेले भने टिकट पाएका छैनन् ।

हिजो केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । सार्वजनिक सूची अनुसार अध्यक्ष ओली झापा–५, बाटै यसपटक पनि चुनाव लड्नु हुनेछ ।

उपाध्यक्षहरू बिष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ, गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने भएका छन् । उपमहासचिव भट्ट कैलाली–४ र रघुबीर महासेठ धनुषा–४ बाट उम्मेद्वार बन्ने छन् । तर अर्का उपमहासचिव योगेश भट्टराईबारे भने सचिवालय बैठकले निर्णय गर्न सकेन । उहाँ चुनाव लड्दै आएको ताप्लेजुङमा कसलाई उम्मेदवार बनाउने भन्ने खाली राखेर निर्णय गरिएको छ ।

अध्यक्ष ओली योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

आउँदो फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.