‘पार्टी विभाजन होस् भन्ने कसैले चाहेका छैनन्, विशेष महाधिवेशनले एकताको सन्देश दिन्छ’

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘पार्टी विभाजन होस् भन्ने कसैले चाहेका छैनन्, विशेष महाधिवेशनले एकताको सन्देश दिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताउनुभएको छ ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताउनुभएको हो । उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताउनु भयो । 

उहाँले पार्टीका नेता कार्यकर्तालाई उग्र नभइ संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपील गर्नुभयो । नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपील पनि गर्नुभयो ।

आइतबारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने उहाँले जिकिर पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.