कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि सुरू भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुनेछ । पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तिव्र विवाद उत्पन्न भएको छ । 

बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिनेछ । बैठकलाई लिएर पार्टी पंक्तिमा उत्सुकता बढेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.