मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने कांग्रेसको निर्णय

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलबार उम्मेदवार टुंगो लगाउने भएको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलबार पुनः बैठक बोलाउने निर्णय गरेको हो । सो निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलबार पुनः ११ बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । 

उहाँले साेमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरूसँग पार्टीकाे शीर्ष तहबाट छलफल भइराखेकाले मंगलबार बैठक बसेर त्यसबारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताउनु भयो । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरूसँग छलफल गरिरहनुभएको छ ।

नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरूसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.