शेखर कोइरालाले विशेष महाविधेशन पक्षधरहरूसँग छलफल गर्ने

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
शेखर कोइरालाले विशेष महाविधेशन पक्षधरहरूसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गर्नुभएको छ ।

विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिबार भएको छलफलमा डा. कोइरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिनुभएको हो । छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । 

सहमहामन्त्री परियारकाअनुसार छलफलमा विशेष महाविधेशन पक्षधरका नेता देवराज चालिसेले विशेष महाधिवेशनका सन्दर्भमा धाराणा राख्नुभएको थियो । छलफलमा सहभागी नेताहरूले आगामी निर्वाचनमा कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको परियारले जानकारी दिनुभयो । विशेष महाधिवेशनका पक्षधहरू नेताहरूसँग डा. कोइरालाले परामर्श गर्ने र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेता शेखर कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरुसँग बसेर, उहाँसँग परामर्श गरेर एउटा धाराणा बनाएर हामी अगाडि बढ्ने कुरामा आज छलफल टुंगिएको छ ।’ डा. कोइरालाले डाक्नुभएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रिय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.