
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ ।
शनिबार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराउनु भयो ।
उहाँले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरूमा सरकारको ध्यान नगएको जिकिर समेत गर्नुभयो । निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेको समेत बताउनु भयो ।