
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो ।
सरकारले धेरै खालका जटिलताहरू, चुनौतिहरू, समस्याहरू, अप्ठ्याराहरू झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो । त्यस अवसरमा संयोजक दाहालले निजी क्षेत्रको संरक्षण विना मुलुकलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।