
काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ९ राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाएका छन् ।
४२ दलले प्रक्रिया पूरा गर्दै निस्सा लिएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म नेपाल मजदूर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलालले बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेकपा मार्क्सवादी पुष्पलालले २० जनाको सूची बुझाएका हुन् । नेपाली कांग्रेस, एमाले, रास्वपालगायतका दलहरूले साेमबार बन्दसूची बुझाउने तयारी गरेका छन् । त्यसका लागि उनीहरूले आइतबारदेखि आन्तरिक छलफल तीव्र पारेका छन् ।
बन्दसूची पेस गर्ने समय आजसम्मका लागि तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र नेकपालगायतका दलले पनि सूची बुझाउने प्रक्रिया पूरा गरेका छन् । तर सबैको नाम भने आइसकेको छैन् ।