नाउपा केन्द्रीय कमिटीको बैठक : राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नाउपा केन्द्रीय कमिटीको बैठक : राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी-नाउपाले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल गरेको छ ।

काठमाडौंमा सुरू भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल भैरहेको नेताहरूले बताएका छन् । पार्टीका संस्थापक रेशम चौधरीले विद्रोह गर्दै नाउपा, नेपाल निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । 

त्यसबारे पनि पार्टीमा छलफल हुने नेताहरूले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.