पद्मा अर्याल : एमाले पदाधिकारीमा निर्वाचित एकमात्र महिला

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पद्मा अर्याल : एमाले पदाधिकारीमा निर्वाचित एकमात्र महिला

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये पद्मा अर्याल एकमात्र महिला पदाधिकारीका रुपमा निर्वाचित हुनुभएको छ ।  ९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बन्नुभएकी अर्याल १५ सय ३० मत ल्याएर विजयी हुनुभएको हो । 

अर्याल यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुनुभएको थियो  । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा सक्रिय हुनुभएकी उहाँ २०३९ मा अनेरास्ववियु पाँचौँमा संगठित हुनुभएको थियो ।  

२०६९ सालमा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष हुनुभएकी उहाँ २०७४ मा स्याङ्जा २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.