
काठमाडौं। नेकपा एमालेको केपी शर्मा ओली तथा ईश्वर पोखेरल दुवै प्यानलमा पर्नुभएका रघुजी पन्त उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सुरुमा ओली प्यानलबाट नपरेपछि पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। तर प्रदीप ज्ञवालीले उपाध्यक्षमा लड्न अस्वीकार गरेपछि पन्त ओलीको प्यानलमा अटाउनुभएको थियो । तर उहाँलाई पोखरेल समूहले पनि आफ्नो प्यानलमा राखेको थियो।
यसपटक ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गर्नुभयो । त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत १७३७० प्राप्त गर्दै उपाध्यक्षमा विजयी हुनुभयो ।
त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी हुनुभयो भने संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नअटाएका स्वतन्त्र उम्मेदवारी दिनुभएका पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी हुनुभएको हो।