
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनुभएको छ । ओलीले १ हजार ६ सय ६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेललाई ५ सय ६४ मत प्राप्त भएको छ । एमाले महासचिवमा शंकर पोखरेल दोहोरिनु भएको छ । उहाँले १२ सय २८ मतसहित पोखरेल विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभएको छ ।
एमाले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त विजयी, एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुबीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ । एमाले सचिवमा महेश बस्नेत, पद्या अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, गोकुल बास्कोटा, भानुभक्त ढकाल र यामलाल कँडेल विजयी हुनुभएको छ ।