एमाले पदाधिकारीमा को-को भए निर्वाचित ?

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले पदाधिकारीमा को-को भए निर्वाचित ?

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । पदाधिकारीमा पनि ओली पक्षकै वर्चस्व भएको छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उपाध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भए ।

उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे । त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत ९१७३७० प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् ।भट्टले १४५२, महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याए ।

९ सचिवमा भने सबै ओली प्यानल नै निर्वाचित भयो । जसमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।

बस्नेतले १५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल ९१५३०० छिन् । छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले ९११८१० मत ल्याई सचिवमा निर्वाचित भएका छन् । भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा निर्वाचित भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.