पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेन-जी भन्दा कम छैनौं : संयोजक दाहाल

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेन-जी भन्दा कम छैनौं : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीति गर्ने वातावरण बने पदमा रहिरहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उमेरको हिसाबले धेरैजसो नेताहरु उत्तरार्द्धमा रहेको बताउनु भयो । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भए पनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्ने कुरामा जेन-जी युवाभन्दा कम नरहेको बताउनु भयो । अन्तिम समयसम्म आफूहरु सक्रिय भूमिका निर्वाह गर्ने आकांक्षामा रहेको दाहालले बताउनु भयो । जेन-जीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको उहाँको भनाइ छ । 

संयोजक दाहालले आफूहरुको एकता एउटा आन्दोलन भएको बताउनु भयो । आफूहरुको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.