‘एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनको पैरवी गरेर समय खेर फाल्दैन’

मंसिर १, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनको पैरवी गरेर समय खेर फाल्दैन’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभए पनि निर्वाचनको पैरवी गरेर समय खेर नफाल्ने टिप्पणी गर्नुभएको छ ।

सोमबार रूपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अन्तरिम सरकार चुनाव गर्नको लागि बन्दै नबनेको जिकिर गर्नुभयो । उहाँले सरकारका क्रियाकलापहरू चुनाव केन्द्रित नभएको आरोप समेत लगाउनु भयो । 

उहाँले निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको भए पनि सरकार निर्वाचन गराउने दिशामा केन्द्रित नएको उहाँको आरोप छ । उहाँले एमाले कसैसँग नडराउने जिकिर गर्दै स्पष्ट एजेन्डासहित जनतामाझ गइरहेको दाबी पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.