
जनकपुर । मधेश प्रदेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको भन्दै आन्दोलित सात दल सोमबार पनि धर्नामा बसेका छन् ।
आठौं दिन धर्नामा बसेका नेता-कार्यकर्ता सर्वोच्च अदालतमा साेमबार हुने रिटको सुनुवाइको प्रतिक्षामा छन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिको सडकमा सात दलका नेता-कार्यकर्ता धर्नामा बसेका हुन् । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्च अदालतको फैसला कुर्दै सोमबार पनि शान्तिपूर्ण धर्नामा बसेको बताउनुभयो ।