
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताउनुभएको हो । उहाँले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताउनु भयो । उहाँले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’ उहाँले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिनुभयो ।
जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लाने भन्ने समझदारी भएको उहाँको भनाइ छ ।