राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटर्वार्ता

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटर्वार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर-व्यवस्थापिका सङ्घ (आइपीयु)को १५१औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपीयुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९-२३ मा सम्पन्न हुँदैछ ।

उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रियसभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको थियो ।

त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराउनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.