काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो ।
मन्त्री घिसिङले मन्त्रीपरिषद्लाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताउनु भयो । सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिनुहुने उहाँको भनाइ थियो ।
मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माणलगायतको काम सुरू गरिसकेको पनि बताउनु भयो । सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाई गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाई नहुने बताउनु भयो ।
त्यस अवसरमा उहाँले जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गर्नुभयो ।