डुंगेश्वर गाउँपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत घुससहित पक्राउ

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
डुंगेश्वर गाउँपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत घुससहित पक्राउ

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रूपैयाँ घुससहित सुर्खेतमा पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई गय राति रंगेहात नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्मबुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.