सङ्खुवासभा । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनितिमा आउन नसक्ने दाबी गर्नुभएकाे छ ।
सङ्खुवासभाको खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति जस्तो गरिमामय पदमा पगेको व्यक्ति जो काेही भए पनि सक्रिय रानजितिमा आउन नहुने बताउनुभयाे ।
उहाँ हाम्रो अभिभावक र गौरब हो, उहाँले भन्नुभयाे, तेहि भएर राजनितिमा आउनु हुँदैन, यो कुनै संवैधानिक पद हैन । उहाँ उच्च आशनमा बस्न पर्छ, सिमा नाघ्नु हुँदैन, राजनितिमा आउने सम्भावना कुनै हालतमा छैन ।
उमेर हदको व्यवस्था पनि अब हुने विधान अधिवेशनले टुङ्गो लगाउने पनि उहाँले बताउनुभयाे । हालै सरकारले गरेको अनलाईन पत्रिका दर्ता र नवीकरण जिल्ला प्रशासनलाई दिएको विषयमा भने छलफल गर्ने उहाँले बताउनुभयाे।
सङ्खुवासभामा भएका साना ठूला खोलाको अधिक प्रयोग गर्नु पर्ने उहाँले बताउनुभयाे । उक्त जिल्लामा स्थापना हुने योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालयले पनि थप उचाईमा पुर्याउने उहाँले बताउनुभयाे ।