काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा उहाँले राख्नुभएको थियो ।
सोही विषयमा सञ्चारकर्मीहरूसँग अध्यक्ष दाहालले गल्ती गर्नेले आत्मोलाचना गर्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले छलफल चलिरहेको छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार १९ जनाले आफ्ना धारणा राखेका छन् ।