काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बसह जरूरी रहेको बताउनुभएको छ ।
आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई प्रकृतिले सबैथोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताउनु भयो । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उहाँको प्रश्न छ । माटो नै नभएका देशहरू र बालुवाका देशहरू सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको उहाँले बताउनु भयो ।
अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै सुरूवात भएको बताउनु भयो । भूमि ऐनमा वन घुसाएर वन विनास गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको उहाँले बताउनु भयो ।