सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसद्मा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताउनु भयो । 

उहाँले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विधेयकमा रहेको विषयवस्तुहरू आधारभुत रूपमा नै गलत रहेको बताउनु भयो । 

विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने उहाँकाे भनाइ छ । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महशुस भएको उहाँले बताउनु भयो ।

महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने उहाँले बताउनु भयो । उहाँले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.