नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताउनुभएको छ ।

नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरूरी रहेको बताउनु भयो । उहाँले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको पनि बताउनु भयो । 

नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको उहाँकाे भनाइ छ । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताउनु भयो । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.