कांग्रेस-एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी

काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले कांग्रेस-एमाले गठबन्धनको सरकारले मुलुकमा राजनीति स्थायित्व सुनिश्ति गरेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईले राजनीतिक स्थायित्वले विकास र समृद्धिको बाटो खोलेको दाबी गर्नुभएको हो । अराजकता र राजतन्त्र पुनःस्थापनाका हर्कतहरूलाई सरकारको सफलताले रोक्न सफल उहाँको दाबी छ । 

सांसद भट्टराईले अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको बताउँदै आर्थिक संकटको खतरा टरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकाले जनतामा सकारात्मक मनोविज्ञानको विकास भएको पनि बताउनु भयो । विद्युत उत्पादन र निर्यात तथा कानून निर्माणमा सरकारको महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय सभा कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै सबैले गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.