एमाले उपाध्यक्ष पाण्डेको दाबीः दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले उपाध्यक्ष पाण्डेको दाबीः दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण दुई वर्ष पहिलानै भइसकेको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले भण्डारीको सदस्यता नविकरण भइसकेको बताउनुभएको पनि उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो । पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नविकरण गरेँ भन्नुभएको छ । १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो । अध्यक्षज्युले पनि यसमा सहमति गर्नुभएको थियो ।’

उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नविकरण पहिला नै भएको विषय रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.