धादिङ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने बताउनु भएको छ ।
धादिङको धुनीवेसीमा धादिङ कांग्रेसका सस्थापक सभापति भरत प्रसाद उप्रेतीको १३औं दिनको श्रद्धाञ्जली सभामा बोल्दै सभापती देउवाले धादिङबाट कांग्रेस एक भएर अघि बढ्ने संदेश दिने बताउनु भएको हो ।
उहाँले अहिलेको संबिधानमा सबैको सहभागिता रहेको र समाबेसी रहेकोले कुनै पनि दललाई बहुमत ल्याउन कठिन भएको भन्दै यो बेला सबै एक जुट भएर अघि बढे कांग्रेसले बहुमत ल्याउन सक्ने बताउनुभयो ।
नेता उप्रेतिको चाहना पनि कांग्रेस एक जुट भएको हेर्ने रहेको स्मरण गर्दै कांग्रेसले बहुमत ल्याउनको लागि सबै एकजुट हुन र मेहनत गर्न पनि सभापति देउवाले सबै कार्यकर्तालाई आग्रह गर्नु भयो ।